Logo

सार्वजनिक भयो अमेरिकी डिभी चिठ्ठाको नतिजा



काठमाडौं, बैशाख २६। अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले उल्लेख गरेको छ ।डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

डिभी परेरनपरेको नतिजा हेर्न (यहाँ क्लिक गर्नुहोस्) अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot