Logo

देउवाले बोलाए दिउँसो ३ बजेलाई पदाधिकारी बैठक, त्यसपछि प्रचण्ड र उपेन्द्रसँग छलफल



काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । वैकल्पिक सरकार बनाउने तयारीमा जुटेका सभापति देउवाले आज बस्ने पदाधिकारी बैठकमा यसबारेमा ठोस निर्णय लिने जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले धारा ७६ को २ अनुसार सरकार गठनको लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।

त्यसको भोलिपल्ट आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राति नै धारा ७६ को २ अनुसार सरकार गठनको लागि आह्वान गरिसकेकी छिन् । कांग्रेसको पदाधिकारी बैठकलगत्तै सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot