Logo

ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भने-‘हामी सरकारमा जाँदैनौं’



काठमाडौं, ३१ बैशाख । सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्तावलाई जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले अस्विकार गरेको छ । आज भएको भेटवार्तामा ठाकुरले आफूहरु सरकारमा जानेबारे तयार नभएको जवाफ दिएका थिए । बर, आफूहरुले अघि सारेका माग सम्बोधन गर्नेबारे नेताद्धय ठाकुर र महतोले प्रधानमन्त्री ओलीसमक्ष जिज्ञासा राखेका थिए ।

जसपाको ठाकुर पक्षले साथ दिँदा ओली प्रधानमन्त्रीमा पूनः नियुक्त भएका हुन् । विश्वासको मत लिने क्रममा पनि ठाकुर पक्ष तटस्थ बसेको थियो । संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान हुँदापनि यो पक्षले कांग्रेस र माओवादी गठबन्धनलाई सरकार बनाउन सघाएन । बरु, ठाकुर पक्षले आफ्ना सांसदहरुलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा भेला गराएर राखेको थियो ।

राष्ट्रपतिले दिएको समयसिमाभित्र बहुमत पुर्याए सरकार गठनको दाबी गर्न कोही पनि नगएपछि ठूलो दलको नेताको रुपमा ओलीलाई हिजै राति प्रधानमन्त्रीमा नियुक्ती गरिएको थियो । ओलीले आज दिउँसो २ः३० बजे सपथ लिँदैछन् । त्यतिवेला सानो मन्त्रिमण्डलपनि गठन गर्ने ओलीको तयारी छ । सोहीअनुसार उनले सरकारमा सहभागी हुनको लागि ठाकुर पक्षलाई आग्रह गरेका थिए । ठाकुरले भने आफूहरु तत्काल सरकारमा नजाने नै अडान लिएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot