काठमाडौं, ५ जेठ । विहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धनजनको क्षति भएको छ । भूकम्पबाट लमजुङ र आसपासका जिल्लाका कच्ची घरगोठहरु भत्किएका छन् ।
भूकम्पको केन्द्रबिन्दु वरपर बढी क्षति भएको छ । कतिपय भत्किएको घरबाट स्थानीयको उद्धार गरिएको छ ।
भूकम्प आएको विहानको समय भएकाले अधिकांश मानिसहरु घरभित्रै थिए । भूकम्पपछि पराकम्प आइरहेकाले त्यस क्षेत्रमा मानिसहरु डराइरहेको बुझिएको छ ।
लम्जुङबाट प्राप्त एक फुटेज! #earthquakes #nepal pic.twitter.com/JBB0imxDZP
— साजन पाल्पालि?? (@sajan_palpali) May 19, 2021