Logo

युएईमा धेरैले गुमाए रोजगारी



काठमाडौँ, जेठ ७ । कोरोना महामारीले यतिखेर नेपाल मात्र नभई संसार नै आक्रान्त छ। महामारीका कारण विभिन्न मुलुक पुगेका नेपालीले रोजगारी गुमाइरहेका छन्। सरकारले दुई सातादेखि भारतका सीमितबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्नुअघिसम्म महामारीका कारण सबभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएका छन्। फर्कनेमध्ये धेरैजसोले रोजगारी गुमाएको बताइन्छ।

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघिसम्म युएईबाट एक लाख ४० हजार नेपाली घर फर्किएका छन्। त्यस्तै दोस्रोमा कतारबाट एक लाख ६ हजार फर्किएका छन्। मलेसियाबाट४९ हजार घर फर्किंदा साउदी अरेबियाबाट ४२ हजार र कुबेतबाट करिब २४ हजार फर्केका छन्।

त्यस्तै ओमानबाट साढे पाँच र बहराइनबाट करिब १५ सय घर फर्किएका छन्। कोरोना महामारीले रोजगारी गुमाएर भारतबाट सबभन्दा धेरै फर्किएको बताइन्छ। तर समितिले भने भारतबाट फर्केको भनी २६ हजारको मात्र तथ्यांक राखेको छ।

सीमावर्ती क्षेत्रमा काम गर्ने प्रहरी तथा सम्बद्ध निकायका अनुसार कोरोना महामारी सुरु भएयता भातरबाट करिब चार लाख रोजगारी गुमाएर घर फर्किएका छन्। घर फर्किएकामध्ये केही पुनः भारत गए पनि केही स्वदेशमै रहेको अनुमान छ। पहिलो लहरको महामारीपछि घर फर्किएर पुनः भारत गएका पनि दोस्रो लहरको महामारी सुरु भएसँगै फर्कने क्रम सुरु भइसकेको छ। समितिले एक वर्षको अवधिका विभिन्न मुलुकबाट करिब साढे चार लाख घर फर्केको जनाएको छ।

यसअवधिमा खाडी मुलुक र मलेसिया तथा भारतबाट मात्र नभई विकसित मुलुकबाट समेत कैंयौं नेपाली फर्केका छन्। जापान र टर्कीबाट १४ हजार नेपाली फर्किंदा सिंगापुरबाट ६ हजार, मकाउबाट तीन हजार, हङकङ र चीनबाट साढे तीन हजार नेपाली स्वदेश आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot