Logo

हामी दुई/तीन दिनभित्र नै सरकारमा जान्छौँ, बाँकी माग पनि पूरा गराउँछौं : लक्ष्मणलाल कर्ण



जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरुले सत्ताको लागि मरिहत्ते नगरेको स्पष्ट पारेका छन् । बरु, आफूहरुले मधेशको माग पूरा गर्ने प्रयास गर्दाखेरि पार्टी फुटको संघारमा पुगेको भने स्विकारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तपाईँको पार्टीपनि सत्ताको कारणले गर्दा फुट्यो है ?

हामीले सत्ताको कारणले फुटाएका होईनौँ । यो पार्टी त मधेशको माग पुरा गर्ने प्रयास गर्दाखेरी फुटमा गएको हो ।

तपाईँलाई सरकारमा जानको लागि हतार भएको थियो, तपाईँहरुलाई मन्त्री बन्नको लागि हतार थियो त्यसैले गर्दखेरी फुट्यो भन्ने पनि आरोप छ नि ? के भन्नुहुन्छ ?

हामीले सरकारमा जान खोजेको भएत धेरै अगाडि जान्थ्यौँ नि । हामीलाई त्यो मोह थिएन । हामीहरु विचमा पनि जानसक्थ्यौं, सुरुमा पनि जान सक्थ्यौँ । अहिले त हामीले सरकारमा आउनुहोस्, आउनुहोस् भन्दाभन्दै छ महिना वित्यो । हाम्रो काम नै माथ र मुद्दा पहिलो प्रथामिकता हो हामी अहिले सरकारमा जादैनौँ । हामीले जानिराखेका थियौँ, जब मधेश आन्दोलनका अधिकांश मुद्दाहरु सम्वोधन हुने भयो हाम्रो मागहरु पुरा भए त्यसकोलागि हामीले मधेश आन्दोलन गर्दाको अवस्था कराईराखेका थियौँ । आन्दोलन र संघर्ष गरिराखेका थियौँ । ती मागमध्ये अधिकांश मागहरु पुरा भएपछि मात्रै हामीले हुन्छ अब सरकारलाई हामीले जसरीपनि सहयोग गछौँ । हामीले कहिले पनि सत्ताको बार्गेनिङ गरेका छैनौँ ।

कुर्सीले पार्टी फुटाएको त हाम्रो देशमा धेरै लामो ईतिहास छ नि कर्णजी ?

कुर्सीले पार्टी फुटायो भने अर्कोतर्फ जब ओलीजीले सरकारबाट निकालिदिए त्यतिबेला उहाँले चाँडै कुर्सी समातिदिए विना कुनै माग वा दाबी उहाँले त कहिले बाबुरामलाई बनाईदिने, कहिले महन्थ ठाकुरलाई, कहिले माधवलाई त कैले प्रचण्डजीलाई यो खेल गर्दा गर्दै किनभने नयाँ सरकार र बैकल्पिक सरकार बनोस् र बनाउ भन्ने खेलमा लागेको हो । हामीसंग जुन दायित्व थियो, कर्तब्य थियो त्यतातिर हामी लागेका हौँ ।

तपाँईहरुलाई उपेन्द्र यादव र बाबुराम भट्टराईले कारवाही गर्नुभएको छ ? अब तपाईहरु अर्को पार्टी गठन गर्नुहुन्छ कि के गर्नुहुन्छ ? तपाईँहरुसंग एजेण्डा के छ ?

पार्टी कसैको जिम्दारी होईन । जिम्दार साहेवले जग्गाबाट निकाली दियो, कहाँ जान्छौँ भनेर भन्ने ? त्यस्तो निकाल्न पाईन्छ ?

किन नपाईने तपाईहरुले पार्टीविपरित र अनुशासनहीन काम गर्नुभयो नि त ?

होईन, पार्टी के कोलागि बनेको हो ? मधेशी जनताको आन्दोलन, त्याग, बलिदान र साहदत र मागहरु पुरा गराउनको लागी बनेको हो । यो पार्टी यति पीडित हो । प्रचण्डले जता भन्यो त्यता दौडेर जाने पार्टीको विधानमा त्यही लेखेको छ ?

अब तापाईँरुसंग विकल्प के छ ?

बाबुरामजीलाई प्रधानमन्त्री बनाईदिने लक्षण हो । त्यसैकोलागि बनेको हो पार्टी ? यो मधेशी जनजातिको हकहितको लागि बनेको हो । त्यो कर्ममा हामी लागिरहेका छौँ ।

अब तपाईँको पार्टी फुटिसक्यो ? तपाईहरुको एजेण्डा कमजोर भैसक्यो, अब तपाई सरकारमा जानुहोला दुई÷चार जना मन्त्री बन्नुहोला, पैसा कमाउनुहोला त्यौ नै ठूलो कुरा हो र ?

कहाँ कमजोर हुन्छ ? हाम्रो त्यति शक्तिशाली भयो की कसैले नसुनेको हाम्रो देउवाजीले सुनेनन् ६ महिना यही मागको लागि देउवाको सरकारमा गयौँ । प्रचण्डको सरकारमा गयौँ शुशिल कोईरालाको सरकारमा गयौँ । कसैले एउटा सानो कुरा पुरा नगर्दाखेरी, नागरिकता समस्या समाधान नगरिदिँदा पुरा देशमा दुःख पाए मान्छेहरुले । हामीले त्यसलाई पुरा गरायौँ हामी कमजोर भयौँ कि मजबुद भयौँ ?

तपाईँहरु पार्टीको कार्यकारिणीमा कमजोर हुनुहुन्छ ? तपाईँहरुसंग त बहुमत छैन नि ? संसदीय दलमा र राष्ट्रिय सभामा तपाईहरुसंग बहुमत छ त ?

हामी कमजोर छौ ? हामीसंग बहुमत छैन् ? जुन कार्यकारणीको बैठक पनि भएको छैन ।

कार्यकारणीको बैठक भइरहेको छ ? उपेन्द्र यादवले धमाधम निर्णय गर्नुभएको छ ?

धमाधम उपेन्द्रको निर्णय मात्रै हो । कार्यकारणी समितिबाटको निर्णय होईन ।

तपाईहरुसंग बहुमत त कुनै पनि निकायमा छैन नि त ?

कसरी नहुनु ३२ जना सांसदहरुमध्ये २० जना हाम्रो संसदीय दलमा छन । ओरिजिनल नै भन्ने हो भने कार्यकारणी समितिमा उहाँको २५ र हाम्रो २६ छ । अहिलेको अवस्थामा हामीसंग अहिले २७ जना छन र उनका २४ जना छन ।

तपाईसंग कार्यकारणीमा १९ जना छन अरे ? र उपेन्द्र यादवसंग ३१ जना छन क्या, यो त सबैलाई थाहा छ नि ?

३१ जना कहाँबाट आए ? मलाई त्यो भन्नुहोस् न ।

हाईन छ उहाँले देखाईसक्नुभएको छ ? माईनट नै बाहिर आईसकेको छ त ?

उहाँले को देखाउनुभयो ? के देखाउनुभयो ? उहाँको माईनट देखाएर हुन्छ । मिटिङ गर्दाखेरी नौँ जना मान्छे बस्छ । उहाँको सिग्नेचर हुन्छ ३१ जनाको त्यसरी पनि पार्टी चल्छ ?

सांसद्हरुलाई तपाँईले मन्त्री बनाउने आश्वासन दिनुभएको छ ? मन्त्री बनाउनुभएन भने त तपाईहरुको पक्षमा लागेका सांसद घट्छन नि ?

हामीले बनाएनौँ । हामी जाँदैनौ भन्ने त कुरै गरेका छैनौँ नि । हामीले त बढो प्रष्ट रुपबाट भन्दै आएका छौँ कि जसले हाम्रो मागाई पुरा गर्छ । त्यसलाई हामी सहयोग समर्थन गछौँ । यो कुरामा जो सहमत भयो त्यसैले बसिराखेका छौं ।

अब राष्ट्रियसभामा पनि तपाईँसंग ४० प्रतिशत बहुमत छैन ? उपेन्द्र यादवसंग त बहुमत छ नि ?

हामी १०० प्रतिशत बोकीराखेका मान्छेले ४० प्रतिशत किन चाहीयो ?

पार्टी पुटाउनको लागि ? तपाईँको पार्टी फूटीसक्यो ? अब पार्टी फुटिसक्यो अब राजपा गठन हुन्छ ?

विल्कुल गलत हो ।

कसरी गलत हुन्छ ? मसंग प्रमाण छ ।

जसपा हामीहरुको हो ।

जसपा तपाईँहरुको हुनै सक्दैन ? उपेन्द्र यादवको हातमा गैसक्यो ?

छोडिदिनुहोस् । तपाईँको मार्फत कसैलाई केही भनुँ म, जसपा आजपनि छ यो पार्टी पाँच वर्षसम्म फुट्न सक्दैन । त्यसकारणले कहाँ कहाको अनौँठो कुरा लगाएर ४० प्रतिशततिर जान थाले त्यो बेकारको कुरा अहिले नगरौँ । धेरै विबाद भयो त्यस्तो बेला आउँछ । प्रतिसत त्यसपछि देखाईदिउला नि ।

त्यसोभए तपाईँहरु कहिले सरकारमा जानुहुन्छ ?

हामी सरकारमा दुई/दिनभित्र नै जान्छौँ । सरकारमा नजाने पनि होईन ? हामी जान्छौं । सरकारमा जान्छौँ । देश र जनताको हितमा काम गर्छौ । बाँकी मागहरु जो छन्, तिनलाई पनि पूरा गराउँछौं भन्ने नै हाम्रो योजना हो ।

तपाँईहरु सरकारमा गैसकेपछि उपेन्द्र यादवले पार्टीबाट सबैलाई निकालेपछि तपाईँहरु के गर्नुहुन्छ ?

यो पार्टीमा दुईओटा अध्यक्ष हुन्छ । एक नम्बर अध्यक्ष महन्थ ठाकुर हो, दुई नम्बर अध्यक्ष उपेन्द्र यादव हो । अब उपेन्द्रले आफुलाई अल्ला भन्छ, खुदा भन्छ । राम भन्छ मैले त के भन्ने उस्ले सबैलाई निकालिदिन्छ । उसले सबैलाई निकालिदिन्छ हेडमास्टर साहेव हो । कलेजबाट, स्कुलबाट निकालिदिने, त्यो त निकालिराखेको छ । के फरक परेको छ ? उस्ले जुन किसिमको काम गरेको छ हामीले पनि पार्टीबाट निकालिदिएका छौ । त्यस्कारण यो कुनै सभ्य मान्छेको सभ्यताको कुरा नै होईन ।

अब संसद् पूनःस्थापना हुने भयो अरे ? हो ?

हेर्नुहोस, बडा दुर्भाग्य छ । कोर्टको कुरा गर्दाखेरि यो न्यायाधिश भएन, त्यो न्यायाधीश भएन भन्ने कुराहरुको जुन होहल्ला भयो । जस्लाई तुरुन्त न्याय चाहिन्छ, यसले नै हैकम ठुलो गरिरहेको छ । यस किसिमबाट भन्ने हो भने त अदालतमाथि दबाव दिएर ईजलास आँफैले गठन गराउने, प्रधानन्यायधीशले नगरेर वकिल आँफैले गराउने किन चाहीँ यो सर्वाेच्च अदालत त्यसपछि त । वकिलहरुको एउटा समूह बनाउने र फैसला लेख्ने फैसला भयो । न्यायाधीशले यसमा सही गर भनेर गराए पुगिहाल्छ नि । किन चाहीँ यो कोर्ट ? किन चाहियो पद्धती ? किन चाहियो सिद्धान्त ? त्यसकारणले जुन भैराखेको छ, त्यो दुर्भाग्यपूर्ण हो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot