Logo

हाम्रो स्ट्याण्ड ठिक छ, हामी अलपत्र परेका छैनौं : मणि थापा (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता मणिचन्द्र थापाले आफूहरुको स्ट्याण्ड सही रहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु एमालेभित्र अलपत्रमा नपरेको पनि स्पष्ट पारे । जसपालाई सरकारमा सहभागी गराउनुमा कुनै गलत नभएको पनि उनको भनाई छ । उनले वर्तमान सरकारमाथि चौतर्फी आक्रमण भैरहेको पनि टिप्पणी गरे । थापाले राजनीतिक दलहरु फेल भएको पनि दाबी गरे ।

उनले निर्वाचनमा गएर ताजा जनादेश लिन जानुपर्ने पनि बताए । तर, ठूला दलहरु निर्वाचनमा जान किन तयार नभएको भन्दै उनले उल्टै प्रश्न गरे । निर्वाचनमा गएर परीक्षण गरेर आउन कांग्रेस, माओवादी केन्द्रहरु किन डराएको भन्दै उनले यस्तो प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot