Logo

अब केपी ओलीसँग वार्ता नगर्ने भन्दै माधव नेपालले कडा विज्ञप्ती निकाल्दै



काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले तत्काल अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता असम्भ रहेको बताएका छन् । ओलीले एकपछि अर्को गरेर असंवैधानिक र राष्टघाती काम गरेको भन्दै नेता नेपालले ओलीसँग वार्ताको सम्भावना नभएको बताएका छन् । नेता नेपालले अहिले केही बेरमा वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।

हालै आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक र स्थायी कमिटीको बैठकपछि निश्कर्ष निकाल्दै अहिले ओलीसँग वार्ताको सम्भावना नरहेको कुरा अहिले जारी हुने वक्तव्यमा समावेश हुने जनाईएको छ । नेता नेपालले ओलीलाई परास्त गरेरै छाड्ने बताउँदै आएका छन् । अहिले नेता नेपाल कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको गठबन्धनमा छन् ।

नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । नेपाल पक्षले अब ओलीसँग वार्ता र एकताको लागि नयाँ शर्तसमेत अघि सारेको छ । नेतृ रामकुमारी झाँक्रीले हालै पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि पार्टी एकताको लागि ओलीले आफूहरुले अघि सारको शर्त मान्नुपर्ने बताएकी थिईन् ।

उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छोड्नुपर्ने पनि अडान राखेका छन् । र, २०७५ जेठ २ गते फर्कनुपर्ने र फागुन २८ गते यता गरेका सबै निर्णय खारेज हुनुपर्ने अनि प्रतिनिधिसभा विघटन गलत थियो भनेर सार्वजनिक रुपमा ओलीले माफी माग्नुपर्ने पनि उनीहरुका शर्त छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्