Logo

जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा लालबाबु राउत चयन, उपेन्द्र यादव जनकपुरमा



काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा आज बसेको बैठकले बहुमत सांसदरुको हस्ताक्षरसहित २ नम्बर प्रदेशको संसदीय दलको नेतामा राउतलाई चयन गरेको एक नेताले जानकारी दिए ।

ती नेताकाअनुसार आजको बैठकबाट जसपाको संसदीय दलको विधान पनि पारित भएको छ । जसपाका अध्यक्ष यादवले कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहसँग मिलेर नयाँ सरकार गठनको लागि गृहकार्यसमेत थालेका छन् । यसको लागि उनले कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग छलफलसमेत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot