Logo

गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खड्कालाई



काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश  को प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

आजको बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिनेगरि ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्नेगरि छलफल पनि भएको छ । मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएलगत्तै उनले पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । जसमा प्रवक्ता खड्कासँगै हरिशरण आचार्य, दीपक मनाङे, मधुमाया अधिकारी गुरुङले सपथ लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot