Logo

आफुलाई प्रहरीको ‘डिएसपी’ बताउने फार्मेसी संचालक पक्राउ



काठमाडौं, १ असार । नेपाल प्रहरीको डिएसपी हुँ भन्दै हिड्ने फार्मेसी संचालक पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको डाक्टर र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका–६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदारपदवी पाएको भन्दै भ्रम सिर्जाना गरेको खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको जनाएको छ ।

आफुलाई मेडिकल डाइरेक्टर Dr. Sk Dhungana  हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । साथै उनको साथबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफम लगाएका फोटा, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफम, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot