Logo

बाढीले बगाएर सुनकोसीमा फेला परेको शव चिनियाँ नागरिकको



काठमाडौं, ३ असार । सुनकोसी नदीमा फेला परेको तीन शवमध्ये एक शवको पहिचान भएको छ । बाढीले बगाएर ल्याएको शव परिचयपत्रका आधारमा चिनियाँ नागरिकको भएको पत्ता लागेको हो ।

शव सिन्धुपाल्चोकको इन्द्रावती नदी हुँदै बगेर आइपुगेको खुलेको छ । शव मेलम्ची खानेपानी आयोजनामा कार्यरत चीनकी ४८ वर्षीया युटिजुको भएको प्रहरीले जनाएको छ । उनी मंगलबार राति एक्कासी आएको बाढीले बगाएर वेपत्ता भएकी थिइन् ।

यसैगरी, सुनकोसी नदीमा फेला परेको थप दुईवटा शवको पहिचान गर्ने प्रयास भइरहेको छ । शवहरु कानढुंग्री र फिक्कल गाउँपालिकामा फेला परेका छन् ।

इन्द्रावतीमा आएको बाढीले दर्जनौं वेपत्ता भएका छन् । अहिलेसम्म तीन भारतीय र तीन चिनियाँ नागरिक वेपत्ता भएको जनाइएको छ । वेपत्ता भएका विदेशी नागरिक मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot