Logo

प्रेममा धैर्यता चाहिन्छ, ८२ वर्षका बृद्धले ५० वर्षपछि पाए फेरी पहिलो माया



एजेन्सी, १२ असार । मायाको कुनै सिमा हुँदैन् । साचो मायाले उमेर, जात, नत रंग नै हेर्छ । साच्चै नै माया अन्धो हुन्छ । राजस्थानका ८२ वर्षीय गेटकीपरले ५० वर्ष पछि उनले आफ्नो पहिलो प्रेमको आनन्द लिइरहेका छन् ।

ह्युमन्स अफ बाम्बेलाई उनले दिएको जानकारी अनुसार ३० वर्षको उमेरमा अष्ट्रेलियाकी युवती मरीनासँग पहिलो नजरमा माया बसेको थियो । उक्त समयमा मरीना ५ दिनको ट्रिपमा राजस्थान घुम्न आएको बेला उनीहरुबीच माया बसेको थियो । घुम्ने क्रममा भेट भएका उनीहरु केही दिन दैनिक भेट्ने गर्थे । घुम्ने क्रममा मरीनाले आइ लव यु भन्दा उनी लाजले भुतुक्कै भएको सुनाएका छन् ।

गेटकीपर ऋण लिएर अष्ट्रेलिया घुम्न जाँदा मारियाले उनलाई अंग्रेजी  भाषा र नृत्य सिकाएकी थिइन् । मरीनाले विवाह गर्न प्रस्ताव राखेपछि उनी भारत फर्किएका थिए । मरीयाले अष्ट्रेलिया छाड्न चाहन्नथिन भने गेटकीपरले आफ्नो परिवार छाड्न चाहादैनथे ।

मरीना विवाहको प्रस्ताव अस्विकार गरेर भारत फर्किएका गेटकिपरले पारिवारीक दबाबमा विवाह गरे । विवाह पछि उनी काम गर्न थाले । विस्तारै उनले मारियालाई बिर्सन थाले ।
हाल उनको छोराहरु ठुला भएर छुट्टै बसेका छन् भने पत्नीको पनि निधन भइसकेको छ । उनले मारियाको घरबार भएको सोचे पनि ५० वर्षपछि गेटकीपरलाई प्रेम पत्र पठाएकी छिन् । पत्रमा गेटकीपरलाई धेरै समयसम्म खोजेको उल्लेख गरेकी छिन् । उनीहरुको हाल फोनमा दैनिक कुरा हुन्छ । गेटकिपरले चाडै नै मारिया भारत आउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot