Logo

मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने, यी हुन् सिफारिश नाम



काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक साँझ बस्न लागेको छ । बैठकले सचिव बढुवाको निर्णय लिने बुझिएको छ ।

लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिश गरेबमोजिम मन्त्रिपरिषद्ले निर्णय लिन लागेको हो । बढुवाको सिफारिश भएकाहरुमा डा. दामोदर रेग्मी सचिव बन्ने निश्चित छ । प्रशासन समूहबाट सहसचिवहरु गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्येबाट एकजना सचिव बढुवा हुनेछन् ।

कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खनाल सिफारिश भएका छन् । यो समूहबाट एकजना सचिव बढुवा हुनेछन् ।

इञ्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल बढुवामा सिफारिश भएका छन् । यो समूहबाट पनि एकजना सचिव बढुवा हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्