Logo

स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण



डोटी, २० असार: बोधिसत्व बिहार काठमाडौँले छवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो ।

ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई, मास्क फेससिल्ड र स्यानिटाइजर लगायतका रहेका छन् । धनगढीदेखि स्वास्थ्य संस्थासम्म ती सामग्री ढुवानी गर्न नेपाली कांग्रेसका नेता लक्ष्मण खड्काले सहयोग गर्नुभएको बताइएको छ । उनले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा १० हजार सर्जिकल मास्क, स्वास्थ्य सामग्री तथा कोभिडबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गर्नुभएको छ । बोधिसत्व बिहार काठमाडौँले जिल्लाका बडिकेदार र जोरायल गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जागृति बोगटीले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot