Logo

नेपाल एयरलाइन्समा तालाबन्दी प्रहरीले खुलायो, कर्मचारी झन् आन्दोलित



काठमाडौं, २२ असार । नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । एयरलाइन्समा विदेशी साझेदार भित्राउने गरी प्रक्रिया बढाइएपछि कर्मचारी आन्दोलित भएका हुन् ।

निगमका कर्मचारीले महाप्रबन्धकको कार्यकक्षमा शुक्रबार देखि तालाबन्दी लगाएका थिए । प्रहरी प्रशासनको सहयोगमा ताला खुलाइएको छ । त्यसको विरोधमा कर्मचारी उत्रिएका छन् ।

निगमको सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर पर्यटन मन्त्रालयमा पठाएको छ । यसको विरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

निगममा विदेशी साझेदार भित्राउन लामो समयदेखि योजना सारिएको थियो । यसमा नेपालका हवाई क्षेत्रका केही हस्तीहरुको पनि भूमिका रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot