Logo

साढे ६ लाखले लिए तेस्रो किस्ता



काठमाडौं, असार २४ । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६ सय ७० ९९९।७६ प्रतिशत०, दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३ सय २८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २ सय ३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २ सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् । पुनर्निर्माण गरिरहेका लाभग्राही संख्या १ लाख ४६ हजार १ सय ५३ रहेको छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो ।

घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राही संख्या ७ लाख ५७ हजार ३ सय ९४ अर्थात् अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत छ । प्रबलीकरण लाभग्राहीमध्ये कैयौं पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राही संख्या ५३ हजार ९ सय ५८ कायम भएको छ ।

जसमध्ये ८४.९१ प्रतिशत अर्थात् ४५ हजार ८ सय १४ ले अनुदान सम्झौता गरेका छन् । तीमध्ये ४५ हजार ७ सय ८१ अर्थात् ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।

प्राधिकरणले पुनर्निर्माणअन्तर्गत निजी आवासको अनुदान रकम आगामी कात्तिकसम्म लिइसक्नुपर्ने जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot