Logo

ब्राजिलमा कोरोनाबाट ५ लाख २८ हजारको मृत्यु



काठमाडौं, २४ असार । विश्व कारोना महामारीमा गुज्रिएको बेला ब्राजिलमा हालसम्म १ करोड ८९ लाख ९ हजार ३७ संक्रमित भएका छन् । संक्रमित मध्ये १ करोड ७३ लाख ५२ हजार ६७० जना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ ।

त्यस्तै, अहिलेसम्म ब्राजिलमा ५ लाख २८ हजार ६११ जना संक्रमितको मृत्यु भएको छ । १ लाख २७ हजार ७५६ जना संक्रमितको उपचार भैरहेको छ । यसैगरी, ८ हजार ३१८ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

विश्वभर १ करोड १७ लाख ३५ हजार ६०७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । त्यसमध्ये पनि ७७ हजार ६६५ जनाको गम्भिर अवस्थामा उपचार भैहरेको वल्डोमिटरले जनाएको छ ।

हालसम्म विश्वभरमा कोरोना संक्रमणबाट ४० लाख बढीको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख २१ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ३ करोड ४६ लाख ४३ हजार ९०२ जना कोरोना संक्रमित भएका छन् भने २ करोड ९१ लाख ६८ हजार ३१३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्