Logo

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद



काठमाडौं, २७ असार। नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा देखिएका विवाद समाधान गरिएको जानकारी दिएको छ । यस्तै ५७ जिल्लामा क्रियाशीलको विवाद समाधान गरेर अन्तिम नामसमेत छापिइसकेको समितिका संयोजक रमेश लेखकले बताए ।

उनकाअनुसार असारभित्रै क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरिनेछ । क्रियाशीलबारे देखा परेका विवाद सहमतिमा नै टुंग्याइनेछ । यसबीच वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील सदस्यता छानबिनबारे भइरहेका प्रगति तथा समस्याबारे बुझ्न शनिबार गौशालास्थित धर्मशाला पुगेका थिए ।

पौडेलले क्रियाशील समितिले अहोरात्र खटेर गरेको कामको प्रशंसा गरेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए । समयभित्रै क्रियाशील छानबिन कार्य सकिनेमा पौडेलको विश्वास छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot