Logo

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा ७ को मृत्यु, १० घाइते



४ साउन : भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ ।

भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।-सिन्ह्वा/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot