Logo

आम माफी भयो आउनुस्ः ओली



काठमाडौं, साउन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई आम माफी दिएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गर्दै भने– ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई आग्रह गर्दछु, हामी को कहाँ छौं, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौं, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।

फरक प्रसंगमा अध्यक्ष ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको टिप्पणीसमेत गरे । उनले भने– ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेक थरी षड्यन्त्रकारी नन्दी भिरिङ्गीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ साल देखिकै हो । आजको नीति पनि त्यही हो ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot