Logo

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, यी देशले जिते स्वर्ण



एजेन्सी, ९ साउन । टोकियो ओलम्पिकमा पदकका लागि आजबाट प्रतिष्पर्धा सुरु भएको छ । पदकका लागि भएको प्रतिष्पर्धाको पहिलो दिन ११ स्वर्णको टुंगो लागेको छ । चीनले ३ स्वर्णर १ काँस्य जितेर पहिलो स्थान बनाएको छ ।

दोस्रो स्थानमा रहेको इटाली र तेस्रो स्थामा रहेको जापान दुवैले १ स्वर्ण र १ रजत जितेका छन् ।

आज दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले स्वर्ण जितेका छन् ।

भारतले भारत्तोलनमा रजत पदक जितेको छ । आजको दिन एशियी देशहरुको वर्चश्व देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्