Logo

नेप्सेमा आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ११ साउन । नेप्सेमा आज २२३ कम्पनीका १ लाख ३७ हजार २४२ पटक कारोबार भएर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै ङादी पावर कम्पनीको ३९ करोड ३० लाख बढीको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, एनआइसी एशिया बैंकको आज ३३ करोड ४१ लाख बढीको शेयर कारोबार भएको छ ।

आज नेपाल बैंकको ३२ करोड ३१ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख र कृषि विकास बैंकको ३२ करोड ८५ लाख बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot