Logo

ग्रिनलाइफ सहित यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ११ साउन । नेप्सेमा आज १४ अर्ब १३ करोड ९७ लाखको कारोबार हुँदा ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् । जानकी फाइनान्स कम्पनीको आज ५१ रुपैयाँले प्रतिशेयर मुल्य बढेर ५६६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, विशाल बजार कम्पनीका शेयरमुल्य १० प्रतिशतले बढेर ७ हजार ३ सय ८५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो कम्पनीको ४९ रुपैयाँले प्रतिशेयरमुल्य बढेर ५३९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । रिडी हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीको आज शेयरमुल्यमा उच्च बृद्धि भएको नेप्सेले जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot