Logo

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’



काठमाडौं, साउन १४। संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नसमेत सरकारलाई निर्देशन दिइएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलेले कोरोना संक्रमण ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाए । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot