Logo

माछापुच्छ्रे बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि १० वर्षे अवधिको ३० लाख कित्ता बिक्रि खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रिमा ल्याएको हो ।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । कुल ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थालाई र १२ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गर्ने जनाएको छ ।

बैंकको अनुसार सर्वसाधारणलाई छुट्टाएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनको लागि विक्रि गर्न लागेको हो ।

१ हजार मुल्य बराबरको ऋणपत्र खरिद गर्न न्युनतम २५ कित्तादेखि ५ लाख कित्तासम्म छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म बिक्रिमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot