Logo

‘खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिनु’



काठमाडौं, १७ साउन । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनै शुल्क नलिन स्वाथ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सुचना जारी गर्दै सरकारले खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन दिएकोमा केही अस्पतालहरुबाट शुल्क लिएको पाइएको भन्दै कुनै प्रकारका अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

सरकारले खोप लगाएको प्रमाणपत्र प्रमाणित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललााई तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot