Logo

फेरि लकडाउन हुनसक्ने, सरकारले बजायो खतराको घन्टी



काठमाडौं, १९ साउन । कोरोना भाइरसका संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले कडाई गर्ने भएको छ । चिकित्सक र विज्ञहरुले समेत बारम्बार तेस्रो लहर भयावह हुने भन्दै सजगता र पूर्वतयारीको सुझाव दिइरहँदा सरकारले पनि आज निषेधाज्ञा कडाई गर्ने संकेत गरेको छ ।

अस्पतालहरुमा विरामीको चाप बढेपछि स्थिति भयावह बन्ने देखिएको छ । योसँगै सरकारले स्वास्थ्य मापदण्ड अपनाउन कडाई गर्ने स्पष्ट पारेको छ । सभा सम्मेलन, धर्ना, जुलुर, गोष्ठी, र्याली जस्ता गतिविधि गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाईका साथ निषेधाज्ञाको पालना गर्न भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि सूचना जारी गरी थप कडाई गर्नुपर्ने अवस्था आउने जनाइसकेको छ ।

अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सरकारद्वारा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

नेपालमा कोरोना भाइरसको तेस्रो लहरको खतरा समेत सरकारले औल्याइसकेको छ । नागरिकलाई बारम्बार सचेत हुन भनिरहेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढी अस्पतालहरु भरिइरहँदा लकडाउन गर्नेतर्फ सरकारभित्र छलफल बढेकाले सम्भावना देखिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot