Logo

सितापाइलामा मेरोमाइक्रोफाइनान्सको नयाँ शाखा



काठमाडौं, २२ साउन । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले थप एक नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको सितापाइलामा नयाँ शाखा विस्तार गरेको हो ।

संस्थाको अनुसार दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको हो । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिव मानन्धरले सो शाखाको उद्घाटन गरेका हुन् । अध्यक्ष मानन्धरले सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागिपर्ने बताए ।

लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई व्यावसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसँगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एसएमएस.मोबाइल बैंकिङ सुविधासमेत उपलब्ध गराएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot