Logo

नेबिको बिस्कुटको आउटलेट बालाजु र गौरीघाटमा संचालन



काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो ।

कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको छ ।

नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई र कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा शाखाको समुद्घाटन गरेका हुन् । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सोही आउटलेटबाट सेवा दिने कम्पनीले जनाएको छ ।

नेबिको बिस्कुट‚ प्रिमियम कुकीज‚ चकलेट, मकैको फ्लेक्स चोकोज लगायतको बिक्रीवितरण गर्दै आएको छ । सन् १९६४ देखि निरन्तर रुपमा नेपालका हरेक भुभागमा सेवा दिँदै आएको कम्पनीले नयाँ शाखाहरुको विस्तारले ग्राहकलाई अझ बढी फाइदा हुने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्