Logo

प्रचण्डले मुलुकको राजनीतिलाई अस्थिर बनाएको केशब झाको आरोप



काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी, नेपालका युवा नेता केशव झाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाएका छन् । हिजो (शनिबार) जसपा महन्थ पक्षले झापामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तियो, यो दुःखद् कुरा हो ।’ झाले एकल जातीय राज्यको चरित्र परिवर्तन नभएसम्म आमनागरिकले परिवर्तनको अनुभूति गर्न नसक्ने पनि टिप्पणी गरे । उनले मधेशी, दलित, जनजातिलगायतका सीमान्तकृत वर्गको अधिकार सुनिश्चितको लागि आफ्नो पार्टीले सधैं अग्रभागमा रहेर आवाज उठाएको स्मरण गर्दै संविधान संशोधन गर्नुपर्ने धारणा राखे । तस्विर : झाको फेशबुकबाट साभार

 



प्रतिक्रिया दिनुहोस्