Logo

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने



काठमाडौं ३२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी सँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । दुई एकदिवसीय अन्तराष्ट्रिय खेल ओमानमा हुने क्यानले जनाएको छ ।

खेलका लागी प्रशिक्षण सुरु भइसकेको बताइएको छ । क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणको लागी बोलाएको छ ।

नेपालले पपुवा न्युगिनीसँग पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ मा खेल्ने क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनी सँग खेल्न लागेको हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot