Logo

अमेरिकी वायुसेनाको विमानमा झुन्डिनेमध्ये ३ जना यसरी खसे (भिडियोसहित)



एजेन्सी, १ भदौ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा सोमबार रोचक घटना घट्यो । हजारौं अफगानीले अमेरिकी वायुसेवनाको विमान रोक्न खोजे । उनीहरु विमानको अघि र पछि दौडिए ।

विमानको पाङ्ग्रा र पखेटामा मानिसहरु झुण्डिए । विमान रोकिएन । केही बेरमै उड्यो । विमानको पाङ्ग्रामा झुन्डिएकामध्ये ३ जना उड्दै गर्दा पनि थिए । उनीहरु विमान उड्दै गर्दा केही माथिबाट खसे ।

विमानबाट ३ जना खसेको पुष्टि भएको छ । उनीहरु स्थानीयको घरमाथि खसेको खबर छ ।

अफगानिस्तानमा सोमबार विमानस्थलमा तनाव हुँदा ५ जना गोलीबाट मारिएका छन् ।



प्रतिक्रिया दिनुहोस्