Logo

पतिले गुप्ताङ्गमा मुला छिराउने गरेपछि महिला पुगिन् अदालत, फैसला यस्तो आयो



एजेन्सी, १० भदौ । भारतमा एकजना पतिले पत्नीमाथि क्रुर व्यवहार गर्थे । गुप्ताङ्गमा मुला पसाएर पत्नीलाई दिक्क बनाउँथे । पत्नीलाई दिक्क बनाउन थालेपछि उनी अदालतसम्म पुगिन् ।

तर, अदालतले उनको विपक्षमा फैसला गरिदियो । पतिले पत्नीमाथि जर्बजस्ती यौन सम्पर्क गरेपनि बलात्कार नठहरिने फैसला सुनायो । छत्तीसगढ उच्च अदालतले पत्नी १५ वर्ष उमेर माथिको भए आफ्नी पत्नीमाथि यौनसम्पर्क गरे बलात्कार नहुने फैसला सुनाएको हो ।

छत्तीसगढका एकजना पुरुषलाई उनकै पत्नीले बलात्कारको अभियोग दर्ता गरेपछि चलेको मुद्दामा फैसला सुनाउँदै रिहा गर्न आदेश समेत दिएको छ । अदालतले पतिविरुद्ध उनकै पत्नीले लगाएको अभियोग समेत त्रुीटपूर्ण र गैरकानूनी भन्दै निर्दोष ठहर गरिदिएको छ ।

फैसलामा पत्नीमाथि पतिले दबाबमा वा उनको अनुमतिविना यौनसम्पर्क या यौनजन्य कार्य गरेमा पनि बलात्कार नहुने भनिएको छ ।

महिलाले पतिविरुद्ध क्रुर व्यवहार गर्ने गरेको अनुमती विना पनि यौनसम्पर्क या यौनजन्य क्रियाकलाप गर्ने गरेको भन्दै उजुरी दिएकी थिइन् । पतिले अप्राकृतिक यौनजन्य कार्य गर्ने गरेको रिटमा भनिएको छ । पत्नीको अनुमतीविना पतिले गुप्ताङ्गमा औला र मुला पसाउने गरेको भन्दै उजूरी दर्ता गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्