झापा, १४ भदौ । आज बिहान झापामा एक महिलाको शव फेला परेको छ । सोमबार अर्जुनधारा नगरपालिका १० मा डेरा गरी बस्ने ४५ वर्षीया सावित्रा बिकको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनी बस्ने कोठा भन्दा १ सय मिटर टाढा बिजुलीको पोलमुनि शव भेटिएको हो । स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
काँधको केही भाग जलेको र ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले पनि छोएको हुनाले उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
विद्युतका कर्मचारीले घटनास्थलमा परीक्षण गर्दा तारबाट करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । अहिले उनको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।