Logo

काश्मिरमा तालिवानको चासोले तरंग



एजेन्सी, १८ भदौ । काश्मिर मामला तत्काल मुख्य विषय बनेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि काश्मिमा पृथकतावादी समूह सलबलाउन थालेका छन् ।

काश्मिरमा रहेका मुसलमान समुदायको आवाज उठाउन तालिवानको अधिकारको विषय रहेको बताइएको छ । समुदाय बाहेक अन्य देशमाथि कुनै प्रकारको हतियार नउठाउन समेत तालिवानले प्रतिबद्धता व्यक्त गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

बिबिसी उर्दुमा तालिवानी प्रवक्त सुहेल साहिनले अन्तर्वार्ताको क्रममा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘काश्मिरमा रहेको वा अन्य देशमा रहेका मुस्लिम समुदायको आवाज उठाउन हामीसँग पूर्ण अधिकार छ । मुश्लिम समुदाय पनि उनीहरुकै नागरिक हो भन्दै आवाज उठाउने छौँ । अन्य नागरिक जस्तै मुश्लिम पनि सोही देशका नागरिक रहेको उनीहरुपनि सोही कानुन अन्तरगत पर्दछ ।’

काबुल कब्जा गरेपछि काश्मिर भारतको आन्तिर मामला रहेको समेत बताएका थिए । तालिवानले अफगानिस्तानलाई आतंकवादी अड्डा बनाउन र गतिविधि गर्न प्रयोग नगर्न समेत विज्ञहरुले सुझाएको टाइम्स अफ इन्डियाले लेखेको छ । भारतको सुचना लिई कतारका लागि भारतीय राजदूत दीपक मित्तलले गत मंगलबार तालिवानका नेता शेर मोहम्मद अब्बासलाई भेटेका थिए । उनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘अफगानी भूमि एन्टी भारतीय गतिविधि र आतंवादको अड्डा नबनोस् ।’काश्मिरको विषय चर्चामा आएपछि अफगानिस्तान भारतविरुद्धको गतिविधि गर्ने अड्डा बनेको विषयमा चिन्तित छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot