Logo

उच्च मनोवलका साथ काम गर्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल



वाग्मती, १९ भदौ: नेकपा एमालेका नेता एवम् वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

हेटौँडाको पशुपतिनगरमा युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले विकास निर्माणको लहरबाट आत्तिएकाहरुले पार्टीमाथि प्रहार गरेको बताए । उनले भने, “एमाले जुझारु र इमान्दार कार्यकर्ताले बनेको पार्टी हो, एक दुईजना चोटिएर गएपनि पार्टीलाई केही असर पर्दैन । ”

नेता पौडेलले एमाले छोड्नेहरुले समाजमा भ्रम छर्न सक्ने भन्दै त्यस्ता भ्रम चिर्न एमालेका नेता तथा कार्यकर्ता अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot