Logo

एमसीसी कार्यान्वयन गरौं : डा. भट्टराई



काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!”



प्रतिक्रिया दिनुहोस्

Screenshot