Logo

मुस्ताङ हेलिकप्टरले उडान अनुमति पायो, आजैबाट सेवा प्रारम्भ



काठमाडौं, २४ भदौ । मुस्ताङ हेलिकप्टर प्रा.ली.ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ । मुस्ताङ हेलिकप्टरले आज (बिहीबार) उडान अनुमति पाएको हो । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ ।

कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता काममा केन्द्रित हुने जनाईएको छ । यो नेपालमा सञ्चालनमा आएको ११औं हेलिकप्टर कम्पनी बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot