Logo

एमसीसीको विरुद्धमा सशक्त रुपमा उत्रिने विप्लव नेतृत्वको नेकपाको तयारी



काठमाडौं, २५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा एमासीसीको खारेजीको मागसहित सडक संघर्षमा उत्रिने भएको छ । एमसीसी कुनैप्नि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै विप्लव नेतृत्वको नेकपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

त्यस्तै, विप्लवले भोलि काठमाडौंमा आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । संसदबाट एमसीसी पारित गराउने तयारी भैरहेको बेलामा काठमाडौंमा एमसीसीको विरोधमा दिनहुँ प्रदर्शनी भैरहेका छन् । अहिले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा छिन् । चार दिने भ्रमणको लागि उनी हिजोमात्रै काठमाडौं आएकी हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेकी छन् । त्यस्तै, उनले आजै उर्जामन्त्री पम्फा भुषालसँग पनि भेटवार्ता गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot