Logo

रहेनन् विश्व कम्युनिष्ट आन्दोलनका आर्दश नेता गोन्जालो



काठमाडौं, भदौ २७। आजीवन काराबासको सजाय भोगि रहेका विश्व कम्युनिष्ट आन्दोलनका आर्दश तथा पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।

आतंक फैलाएको आरोपमा उनलाई सरकारले सन् १९९२ आजीवन कारावासको सजाय सुनाएको थियो । सोही समयदेखि जेलमा रहेका गोन्जालोको जेलमै निधन भएको हो ।

वास्तविक नाम अबिमेल गुजम्यान रहेका विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत गोन्जालो दार्शनिक नेता हुन् । उनको जन्म सन् १९३४ मा पेरुको मोलेन्डो शहरमा भएको थियो ।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टीका अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुमा कब्जा गरेको थियो ।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परेका थिए । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजाय सुनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot