Logo

तालिवान र विरोधी फौजबीच पन्जसिरमा घमासान युद्ध, कस्को नियन्त्रण ?



एजेन्सी, १ असोज । अफगानिस्तानको पन्जसिर प्रान्त तालिवानको पूर्ण नियन्त्रणमा नरहेको पुष्टि भएको छ । त्यहाँ तालिवान र विरोधी फौजबीच युद्ध चलिरहेको खुलाइएको छ ।

अलजजिराका अनुसार पन्जसिरमा घमासान युद्ध जारी छ । विभिन्न गाउँहरुमा के भइरहेको भन्ने अज्ञात रहेको सरकारी कर्मचारीले बताएका छन् ।

पन्जसिरमा सञ्चार विच्छेद गरिएको छ । त्यहाँको अवस्थाबारे यकिन गर्न सकिएको छैन । तर, तालिवानविरोधी नेस्नल रेसिस्टयन्स फ्रन्टले तालिवानलाई कडा चुनौती दिएको पुष्टि भएको छ ।

हजारौं तालिवानविरोधी लडाकुहरु पन्जसिरमा संगठित भएर गुरिल्ला शैलीमा लडिरहेको बुझिएको छ । पहाडी क्षेत्र भएकाले तालिवानले ठूलो क्षति भोगिरहेको छ ।

तालिवानले ६ सेप्टेम्बरमा पन्जसिरमा नियन्त्रण कायम गरेको घोषणा गरेको थियो । तर, तालिवानविरोधी फौजका नेता अहमद मसुदले लडाई जारी रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot