Logo

ओली सरकारमाथि नेपालद्वारा भ्रष्टाचारको आरोप



काठमाडौं, ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले भ्रष्टाचार भएकोमा छानविनको आग्रह गरे ।

आज पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको पालामा भ्रष्टाचारका ठूला काण्ड भएको टिप्पणी गरे । उनले ओली प्रधानमन्त्री हुँदा भएको यती काण्ड, वाइड वडी जहाज काण्ड, कोरोनाविरुद्धको औषधी खरिद काण्डलगायतका घटनाको छाविन गर्न सरकार डराउनुनपर्ने बताए ।

भ्याक्सिन, वाइडवडी खरिद जस्ता भ्रष्टाचारको छानविन किन हुँदैन ? नेपालले प्रश्न गरे । उनले सरकारलाई तत्काल यी विषयमा छानविन गर्न भन ।

ओलीले मुखले भ्रष्टाचार गर्दिन भन्दै वाइड वडी, औषधी खरिदमा ठूलो घोटाला गरेको आरोप लगाए । यति एयरलाइन्सलाई नेपाल एयरलाइन्स बेच्न खोजेको आरोप समेत लगाए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot