Logo

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक समाग्री हस्तान्तरण



काठमाडौं, असोज १५ । हिमालय एअरलाइन्सले आफ्नो बार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्वता अनुसार प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो ।

हिमालयका पदाधिकारीले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।

प्रयास नेपाल तीन जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वाल–वालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् ।

बार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहो¥याउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्त आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्पm हिमालय सदा दृढ रहने जनाएकी छन् ।

प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत श्रीमती दलीले भनाई रहेको छ । नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वाल वालिकाहरुको मुहारमा खुशीयाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot