Logo

मोदीद्वारा कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त



१५ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उनी सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।’ राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिएका थिए ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot