Logo

सर्वोच्चमा रिक्त न्यायाधीशको संख्या तीन पुग्यो, भट्टराई पनि अवकाशको मुखमा



काठमाडौं,२४ वैशाख । आइतबारबाट उमेरहदका कारण सुष्मालता माथेमाले अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था रहेको छ । ०७८ मा पुरुषोत्तम भण्डारीले अनिवार्य अवकाश पाएपछि सर्वोच्चमा कहिल्यै पनि २१ जना न्यायाधीश पुग्न सकेका छैनन् ।

लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए । ५ मंसिर, २०८० मा ६ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । त्यतिबेला समेत एउटा पद रिक्त राखेर अरुमा मात्रै नाम सिफारिस गरिएको थियो ।

गत महिनामात्र सर्वोच्चका अर्का न्यायाधीश इश्वरमोहन खतिवडाले अवकाश पाएका थिए । भने आगामी जेठ ३२ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईले पनि अवकाश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot