Logo

रातो भाले कटेजमा तास खेल्ने १५ जना पक्राउ



सुर्खेत, १५ असोज । तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त कटेजमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot