Logo

‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न



काठमाडौं, १५ असोज । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र धनगढीमा ’युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।

युवाहरुबीच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले कम्पनीले गरेको कार्यक्रममा विराटनगरमा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रमपछि एजेन्सी मेनेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरिएको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्