Logo

चीनको ७२ औँ स्थापना दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिनकनद्धारा बधाई



एजेन्सी, १६ असोज । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकनले चीनको ७२ औँ स्थापना दिवसको अवसरमा बधाई दिएका छन् । उनले अमेरिकाको प्रतिनिधित्व गर्दै चिनियाँ ७२ औँ स्थापना दिवसको अवसरमा बधाई दिएका हुन् ।

उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ,‘अमेरिकाको तर्फबाट चीनको ७२ औँ स्थापना दिवसको अवसरमा मैले बधाई दिएको छु । अमेरिका र चीनले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाई सँगै चुनौतीको सामना गर्ने प्रयत्न गर्नेमा म आशावादी छु । आगामी वर्षहरुका लागि चिनियाँ नागरिकको शान्ति, समुद्धि र खुशीको कामना गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्