Logo

युरोप-जापान संयुक्त बेपीकोलोम्बो मिसन : बुध ग्रहको पहिलो तस्बिर सार्वजनिक



एजेन्सी, १७ असोज । युरोप र जापानले संयुक्त रुपमा सञ्चालन गरेको बेपी–कोलोम्बो मिसनले पहिलो सफतला हासिल गरेको छ । अन्तरिक्ष यानले सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको पहिलो तस्बिर पठाएको जनाइएको छ ।

बेपी-कोलोम्बो मिसनले शुक्रबार ११ः३४ ग्रिनविच मिनटाइम अनुसार ग्रहमाथि गरिने ६ उडानमध्ये पहिलो उडान लिएको युरोपियन स्पेस एजेन्सीले जनाएको छ । बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानले तस्बिर लिएको जनाइएको छ। तस्बिरमा बुधको उत्तरी गोलार्द्ध देख्न सकिन्छ ।

ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको संयुक्त मिसन सन् २०१८ मा सुरु भएको थियो । बुध ग्रहका विभिन्न पक्षको बारेमा अध्ययन गर्नु यस मिसनको उद्देश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्